राजनीतिमा सक्रिय शिक्षकलाई निष्कासित गर्ने प्रयास गरेको स्कुल कर्तृपक्षविरुद्ध आरोप

राजगञ्ज : शशि चन्द्र बर्मन विगत 32 वर्षदेखि श्री रामकृष्ण विवेकानन्द आश्रम साहुडाङ्गी प्राथमिक विद्यालयका शिक्षकका रूपमा कार्य गर्दै आइरहेका छन्। यसको साथै तिनी तृणमूल कांग्रेस नेता तथा बिन्नागुरी ग्राम पञ्चायत प्रधान पनि हुन्। स्कुल प्रबन्धन समितिले गत बुधबार स्वेच्छिक सेवा निवृत्तिको लागि आवेदन गर्ने तिनीमाथि दबाउ गरेको आरोप रहेको छ। उक्त स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूले यसबारे थाहा पाएपछि आक्रोश व्यक्त गर्दै शशि चन्द्र बर्मनलाई उक्त स्कुलमै राख्ने माग गरे। यस सन्दर्भमा शशिचन्द्र बर्मनले स्कुल प्रबन्धन समितिले तिनलाई स्वेच्छाले भोलिन्टर रिटायर्डमेन्ट लिने लिखित बयानमा हस्ताक्षर गर्ने आग्रह गरे तापनि आफूले अस्वीकार गरेको बताए। आश्रमका स्वामीजी जीवनन्द महाराजले बर्मन राजनीतिसँग सम्बन्धित रहेकोले गर्दा विभिन्न गतिविधिहरूले विद्यालय प्रभावित हुने गर्दछ साथै बेलुर मठको नियमअनुसार राजनीतिमा संलग्न व्यक्तिले आश्रम विद्यालयमा पढाउन सक्दैनन् भनी बताए। यसबारे अभिभावकहरूसँग बैठक गरेर चाँडै अन्तिम निर्णय लिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *