राजु विष्टले 46 नम्बर वार्डको निर्दलीय प्रार्थी रञ्जीत विश्वासको समर्थनमा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्डको भाजपा समर्थित निर्दलीय प्रार्थी रञ्जीत विश्वासको समर्थनमा आज दार्जिलिङका सांसद राजु विष्टले चुनाउ प्रचार गरे। तिनीसित सिलगढीका विधायक शङ्कर घोष पनि सामेल थिए। सांसद विष्टले आज सिलगढी नगरनिगमको 46 नम्बर वार्डको विभिन्न इलाकामा निर्दलीय प्रार्थी रञ्जीत विश्वासको समर्थनमा चुनाउ प्रचार गर्नको साथै वार्डका मानिसहरूसित इलाकाको विविध समस्याहरूबारे कुराकानी पनि गरे। यसको साथै तिनले भाजपा सत्तामा आएको खण्डमा यी सबै समस्याहरूको समाधान गरिदिने आश्वासन पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *