राजु विष्टले भाजपा प्रार्थीहरूको समर्थनमा बाघडुग्रामा गरे चुनाउ प्रचार

बाघडुग्रा : भाजपा केन्द्रीय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले आज भाजपा प्रार्थीहरूको समर्थनमा बाघडुग्रामा चुनाउ प्रचार गरे। तिनले आज बाघडुग्राको धिमालजोतबाट चुनाउ प्रचार शुरू गरेर अशोनगर र टाइगरबस्तीको घर-घरमा पुगेर भाजपा प्रार्थीहरूको समर्थनमा चुनाउ प्रचार गरे। नक्सलबारी 2 नम्बर आसनको महकुमा चुनाउको भाजपा प्रार्थी रेखा सिंह र पञ्चायत समिति एवम् ग्राम पञ्चायतका प्रार्थीहरूको समर्थनमा राजु विष्टले आज चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि जिल्ला भाजपा सभापति तथा विधायक आनन्दमय बर्मन लगायत पार्टीका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा राजु विष्टले भने, बाघडुग्रा इलाकामा तृणमूल कङ्ग्रेसले त्यति विकास गर्न सकेको छैन। केन्द्रीय सरकारले इलाकामा विकासको कार्य शुरू गरेको छ। भाजपाले चुनाउ महकुमा परिषद दखल गरेपछि क्षेत्रमा विकासको लहर ल्याउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.