राजु विष्टले गोर्खाहरूको स्थायी राजनैतिक समाधानको माग उठान गरे सदनमा

दार्जिलिङका भाजपा सांसद राजु विष्टले आज लोकसभामा दार्जिलिङ, तराई र डुवर्सको स्थायी राजनैतिक समाधानको माग उठान गरे। तिनले लोकसभाको सदनलाई सम्बोधन गर्दै भने, भारतीय संविधान अनुसार दार्जिलिङ, तराई-डुवर्सका मानिसहरूको स्थायी राजनैतिक समाधान चाँडै पुरा गरियोस्। उक्त क्षेत्रका मानिसहरूले उचित न्याय पाओस्। यसको साथै सांसद विष्टले राज्य सरकारको अवेहलनाको कारण गत 15 वर्षदेखि दार्जिलिङ अनि कालेबुङ जिल्लामा पञ्चायत चुनाउ नभएको जानकारी गराउँदै त्यहाँका मानिसहरू पञ्चायतबाट पाउने साहुलियत सुविधा तथा अधिकारबाट वञ्चित रहेको बारेमा सदनलाई अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *