राजु विष्टले सिलगढीको 4 र 7 नम्बर वार्डमा भाजपा प्रार्थीहरूको समर्थनमा गरे चुनाउ प्रचार

सिलगढी : दार्जिलिङका सांसद राजु विष्टले आज सिलगढी नगरनिगम चुनाउको 4 नम्बर वार्डका भाजपा प्रार्थी विवेक सिंह र 7 नम्बर वार्डका प्रार्थी शकुन्तला मिश्राको समर्थनमा चुनाउ प्रचार गरे। सिलगढीका विधायक शङ्कर घोषलाई साथमा लिएर तिनले आज भाजपा प्रार्थीहरूको समर्थनमा चुनाउ प्रचार गरे।


चुनाउ प्रचार अवधि तिनले नगरनिगमको परिसेवा साथै पिउने पानीको परिसेवालाई लिएर पूर्व नगरनिगम बोर्डविरुद्ध क्षोभ प्रकट गरे। सहरवासीले भाजपा प्रार्थीहरूलाई मतदान गरेर विजयी बनाएर क्षमतामा आएपछि सिलगढी सहरमा विकासको लहर ल्याउने सांसद विष्टले आश्वासन दिए। सिलगढी नगरनिगममा भाजपा विजयी बने सहरवासीहरूको लागि 10 हजार करोड रुपियाँको विविध विकासमूलक कार्यहरू गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *