राजु सुब्बा र प्रतिम सुब्बाले दिए गोरामुमो पार्टीबाट राजीनामा

दार्जिलिङ : लेबुङ भेल्ली समष्टि अध्यक्ष अनि एचपीडब्ल्यु सेन्टर कमिटी एक्जुकेटिभ बडी सदस्य राजु सुब्बाले गोरामुमो पार्टीको पद तथा साधरण सदस्यताबाट राजिना दिएका छन्। राजीनामा दिएपछि तिनले अजय एडवर्डलाई समर्थन जनाउने बताए। यसैगरी, गोरामुमो सिंहमारी टकभर भेल्ली समष्टिका पार्टी अध्यक्ष प्रतिम सुब्बाले पनि आफ्नो सम्पूर्ण पदबाट राजीनामा दिएका छन्। हालको राजनैतिक परिवेशमा अजय एडवर्ड कुशल नेता हुन् भने तिनको कार्य प्रणालीबाट आफू पेरित भएकोले गर्दा नै अबोप्रान्त अजय एडवर्डलाई राजनैतिक सहयोग गर्ने प्रतिम सुब्बाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *