राज्य भाजपा सचिव रथीन्द्र बोसले गरे सिलगढीमा चिया चर्चा कार्यसूची

सिलगढी : साधारण मानिसहरूसित जन सम्पर्क बढाउने उद्देश्य लिएर राज्य भाजपा सचिव रथीन्द्र बोसले चिया चर्चा कार्यसूचीमा अंश ग्रहण गरे। आज सिलगढी नगरनिगमको 38 नम्बर वार्ड सुकान्तनगर इलाकामा दलीय कर्मीहरूसित पार्टीको विभिन्न कार्यसूचीबारे तिनले चर्चा परिचर्चा गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै रथीन्द्र बोसले राज्य भाजपा सभापति दिलीप घोषले सदस्य संख्या वृद्धि गर्ने लक्ष्य निर्धारित गरिदिएकोले आज दलीय कार्यसूची लिएर आलोचना गर्नको साथै सदस्य संख्या वृद्धि विषयलाई विशेष जोर दिएको बताए।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *