राज्य विधानसभामा पेश गरेको अन्तरिम बजट आम जनताको हितमा रहेको छ : हिल टीएमसी

मिरिक: राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले गत 5 फरवरीको दिन राज्य विधानसभामा पेश गरेको अन्तरिम बजट आम जनताको हितमा रहेको हिल टीएमसी-ले दाबी गरेको छ। मिरिकमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हिल टीएमसी प्रवक्ता एनबी खवासले प्रस्तुत अन्तरिम बजेट जनमुखी रहेको बताए। राज्य सरकारले राज्यवासीको सुविधाको निम्ति पर्याप्त कार्य गरिरहेको बताउँदै राज्यमा किसान, विद्यार्थी, आम नागरिकहरुको बुनियादी सुविधा हेतु तथा स्वस्थ्य, शिक्षा, रोजगार बारेमा पर्याप्त कार्य गरिरहेको जानकारी दिएका छन्। हिल टीएमसी अध्यक्ष एलबी राईको विशेष उपस्थितमा सम्पन्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राज्यकी मुख्यमन्त्री ब्यानर्जीले दार्जिलिङ पहाडको निम्ति पनि पर्याप्त काम गरेको तथा विशेष ध्यान दिएको बताए। तिनले राज्यमा किसानहरुको हितमा प्रति एकर 6 हजार रुपियाँ प्रदान गर्दै आइरहेको छ भन्दै देशको सरकारले किसानहरुको दुःख ब्यथा सुन्नको बद्ली राष्ट्रिय राजधानी दिल्लीको चारै नाकामा पर्खाल खडा गरेर किसानहरुलाई अत्याचार गरिरहेको बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले रेडियोमा मन कि बात गरिरहन्छ तर किशानहरूको मनको बात सुन्दैनन् भन्दै किसानहरूको समस्याहरुलाई दृष्टिगोचर गर्नुपर्ने आवश्यकता माथि जोर दिए अनि राज्य सरकारले राज्यको किसानहरूको निम्ति दशवर्षमा आत्मनिर्भर बन्ने कार्य गरेको बताए। प्रवक्ता खवासले दार्जिलिङ पहाडको चिया उधोग, पर्यटन, शिक्षा, स्वस्थ्य अनि रोजगारको अवसर खोल्नको निम्ति पनि ठोस काम गरिरहेको थप जानकारी  दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *