राज्य विधानसभा परिसरमा आदिवासी दाजुभाइ तथा दिदी-बहिनीहरूको अपमान, सिलगढीमा तृणमूलद्वारा धरना

सिलगढी : राज्य विधानसभा परिसरमा बंगालका आदिवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई “अछुत र अपवित्र” भनेर अपमान गरेको विरोधमा तृणमूलले सिलगढीमा धरना प्रदर्शन गर्यो। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले आज हासमी चोक धरना प्रदर्शन गरे। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोष, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका चेयरम्यान अलोक चक्रवर्ती लगायत दलका विशिष्ट नेतृत्वहरू उपस्थित थिए। यस अवधि दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले भाजपाको विरोधमा आवाज उठाउनको साथै राष्ट्रपतिको भूमिकालाई लिएर पनि प्रश्न चिन्ह खडा गरे। यसको साथै सभानेत्री पापिया घोषले आगामी दिनमा बुथ-बुथमा आन्दोलन गर्ने चेताउनी समेत दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *