राज्यका बेरोजगार युवाहरूलाई डीवाईएफआई-को नेशनल रजिस्टर अफ् बेरोजगार

सिलगढी : एनआरसी, सीएए नभएर एनआरबी अर्थात् न्याशनल रजिस्टर अफ् बेरोजगार देशभरि नै लागू गरिने छ। आज सिलगढीस्थित अनिल विश्वास भवनमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर डीवाईएफआई-का सचिव सायनदीप मित्रले उक्त मन्तव्य पोखे। तिनले बताए अनुसार एनआरबी-को फारम अनलाइन उपलब्ध गराइएको छ। उक्त फारम भरेर जम्मा गरेपछि डीवाईएफआई कार्यकर्ताहरू त्यस व्यक्तिको घरमा गएर राज्यभरिमै बेरोजगार युवाहरूको नाम पञ्जीकृत गरेर फरवरी महीनाको अन्तसम्म यो तालिका प्रधानमन्त्रीसमक्ष पुऱ्याइनेछ। गत 10 जनवरीदेखि नै सबै जिल्लाहरूमा उक्त कार्य शुरू भइसकेको जानकारी दिँदै डीवाईएफआई-का सचिव सायनदीप मित्रले आगामी 12 फरवरीको दिन उत्तर बंगालको सबै जिल्लाका युवाहरू एवम् साधारण मानिसहरूको समस्या, बन्द चियाकमान पुनः खोल्नुपर्ने, श्रमिकहरूलाई न्यूनतम मजदुरी, शिक्षक नियुक्तिमा भ्रष्ट्राचारलगायत अन्य धेरै मागहरूलाई लिएर डीवाईएफआई-को तर्फबाट उत्तरकन्या अभियान गरिने भएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *