राज्यका सबै शैक्षिक संस्थानहरू 15 अप्रेलसम्म बन्द रहने

कोलकाता : कोरोना भाइरसको आतङ्कले राज्यभरिका सबै स्कुल, कलेज, विश्वविद्यालय लगायत आईसीडीएस सेन्टरहरू आगामी 31 मार्चसम्मको बद्ली अब 15 अप्रेलसम्म बन्द राख्ने राज्य सरकारले आज निर्देश जारी गरेको छ। तथापि, पूर्व निर्धारित बोर्डको परीक्षाहरू भने यथावत समयमा नै हुने भएको छ। कोरोना भाइरसको रोकथाम तथा यसको उपकरण तथा उपचारको निम्ति राज्यले 2 सय करोड धनराशि आवन्टन गरेको छ। यसको साथै कोरोना भाइरसको सङ्क्रमणबाट बाँच्नको लागि 2 लाख माक्सको अर्डर दिएको छ। यसरी नै राज्यभरिका सबै सिनेमा हल तथा सपिङ मलहरू आगामी 31 मार्चसम्मको लागि बन्द गरिदिने अपील गरेका छन्। कोरोना भाइरसको रोकथामको लागि काम गर्ने 10 लाख मानिसहरूको निम्ति सरकारले प्रत्येकलाई 5 लाख रुपियाँको अतिरिक्त जीवन बीमा गरिने घोषणा गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *