राज्यको 34 आसनमा मतदान जारी

कोलकाता : राज्य विधानसभा चुनाउको सातौँ चरण अन्तर्गत आज पाँच जिल्लाको मोठ 34 वटा विधानसभा आसनको लागि कठोर सुरक्षा व्यवस्थाबीच मतदान सम्पन्न भइरहेको छ। आज बिहान 7 बजीदेखि विशेष गरेर कोरोनालाई लिएर सरकारद्वारा निर्देश गरिएको प्रोटोकललाई ध्यानमा राखेर सबै मतदान केन्द्रहरूमा चुनाउ हालसम्म सामान्य छुटपुट घटनाबाहेक शान्तिपूर्ण ढङ्गमा सम्पन्न भइरहेको जानकारी प्राप्त भइरहेको छ। आज मतदान सम्पन्न भइरहेको 34 विधानसभा आसनमध्ये मालदाको 6, कोलकाताको 4, दक्षिण दिनाजपुरको 6, पश्चिम वर्द्धमान 9, मुर्शिदाबाद 9 आसन सामेल छ। राज्यमा अब आठौँ अर्थात् अन्तिम चरणको मतदान आगामी 29 अप्रेलको दिन हुनेछ भने सबै आसनको मतगणना आगामी 2 मईको दिन हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *