राज्यको सर्वोत्कृष्ट थानाहरूको सूचीमा सिलगढीको प्रधान नगर थाना सामेल, अधिकारीहरूद्वारा थानाको निरीक्षण

सिलगढी राज्यको सर्वोत्कृष्ट थानाको छनौट गर्नको लागि पुलिस विभागको तर्फबाट प्रत्येक वर्ष एउटा कार्यक्रमको आयोजना गर्ने गरिन्छ। यसै अन्तर्गत यस वर्ष पनि राज्य पुलिसको तर्फबाट सर्वोत्कृष्ट थाना छनौट कार्यक्रम शुरू गरिएको छ। यसपल्ट सर्वोत्कृष्ट थानाहरूको सूचीमा राज्यका मोठ 6 वटा थानालाई सामेल गरिएको छ। जसमध्ये सिलगढी मेट्रोपोलिटनको प्रधान नगर थाना पनि एक हो। आज सर्वोत्कृष्ट थानाको छनौटको लागि पुलिसका 5 जना वरिष्ठ अधिकारीहरूको एउटा टोलीले प्रधान नगर थानाको निरीक्षण गर्यो। यस अवधि एडीजी ट्रेनिङ देवाशीष राय, आईजी एपी अशोक प्रसाद, डीआईजी नीलु शेर्पा चक्रवर्ती, आईपीएस अमित सिंह लगायत सिलगढी पुलिस कमिश्नर गौरव शर्मा उपस्थित थिए। अर्कोतिर, अधिकारीहरूको टोलीले प्रधान नगर थानाको निरीक्षण अवधि ल एन्ड अर्डर, पुलिस तथा पब्लिक रिलेशन, क्राइम रेट लगायत विभिन्न विषयबारे प्रधान नगर थानाका अधिकारीबाट जानकारी लिए। अधिकारीहरूको उक्त टोलीले लगभग तीन घण्टासम्म थानामा सम्बन्धित विषयलाई लिएर जाँच गरे। यस अवधि तिनीहरूले गत एक वर्षको सम्पूर्ण घटनाको जानकारी थानाबाट लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *