राज्यमा 1 जुलाईसम्म प्रतिबन्ध,  11 बजीदेखि 6 बजीसम्म खुल्ला रहने सपिङ मल

सिलगढी : कोरोना संक्रमणको बढ्दो प्रकोपलाई रोकथाम गर्नको लागि राज्य सरकारले जारी लकडाउनको मियाद बढाएर आगामी 1 जुलाईसम्म गरेको छ। आंशिक लकडाउनले कोरोना संक्रमण फैलनमा केही अङ्कुश लागे तापनि मुख्यमन्त्री ममता ब्यानर्जीले आज नवान्नमा बैठक गरेर एउटा गाइड लाइन जारी गर्दै बिहान 10 बजीदेखि अपरान्ह 4 बजीसम्म गैर सरकारी कार्यालयहरू खुल्ला रहनेछ भने 25 प्रतिशत कर्मचारीहरूलाई लिएर कार्यालयमा काम गर्ने सक्नेछ। खुद्रा दोकान तथा बजारहरू बिहान 7 बजीदेखि 11 बजीसम्म खुल्ला रहनेछ। यसैगरी, रेस्टुराँ, होटल, पान दोकानहरू 12 बजीदेखि राति 8 बजीसम्म खुल्ला रहनेछ। यसको साथै बिहान 11 बजीदेखि साँझ 6 बजीसम्म सपिङ मलहरू खुल्ला रहनेछ भने केवल 30 प्रतिशत मात्र ग्राहकहरू एकै साथमा मलभित्र प्रवेश गर्न पाउनेछन्। यस अवधि लोकल ट्रेन, मेट्रो एवम् बस परिसेवा, जीम, स्पा बन्द रहनेछ। दर्शकशून्य स्टेडियम खुल्ला रहनेछ भने प्रातः भ्रमणको लागि बिहान 6 बजीदेखि 9 बजीसम्म पार्क खुल्ला रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *