राज्यमा आजदेखि आंशिक प्रतिबन्ध, एनजेपी थाना पुलिसद्वारा सचेतनता अभियान

सिलगढी : हाल ओमिक्रोन तथा कोरोना संक्रमणको संख्या बढ्दै गइरहेकोले गर्दा आजदेखि राज्यमा आंशिक प्रतिबन्ध लगाइएको छ। स्कुल, कलेज लगायत सबै शैक्षिक संस्थानहरू आजदेखि बन्द गरिएको छ। कोरोनाको संक्रमण रोक्ने उद्देश्य लिएर मानिसहरूले अनिवार्य रूपमा मास्क प्रयोग गरेको छ अथवा छैन भन्ने विषयमा विशेष नजर राखिरहेको छ। यसै क्रममा आज एनजेपी थाना पुलिसले अभियान चलाएर मानिसहरूलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्ने अपील गरे। ओसी समीर तामाङको नेतृत्वमा आज सिलगढीको गेटबजार, तिनबत्ती मोड, फुलबारी लगायत विभिन्न इलाकामा सचेतनता अभियान चलाइयो। उक्त अभियान अवधि मास्क नलगाई घुमफिर गरिरहेका मानिसहरूलाई मास्क वितरण गर्नको साथै कोरोनाबारे सबैलाई सर्तक गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *