राज्यमा वाम र कङ्ग्रेस गठबन्धनले सरकार गठन गर्ने छ : शङ्कर मालाकार

सिलगढी : बङ्गालमा यस वर्ष कङ्ग्रेस र वामफ्रन्टले संयुक्त सरकार गठन गर्नेछ भनी दार्जिलिङ जिल्ला कङ्ग्रेस सभापति तथा मतिगढा नक्सलबारी विधायक शङ्कर मालाकारले बताए। आज सिलगढीमा कङ्ग्रेसको दलीय कार्यालय विधान भवनमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तिनले यस प्रकारको मन्तव्य पोखेका हुन्। तिनले अझ भने, आउँदो विधानसभा चुनाउलाई लिएर दुई दल कङ्ग्रेस र वामफ्रन्टमाझ हालसम्म 193 वटा आसनमा सम्झौता भइसकेको साथै रहल 101 आसनबारे पनि चाँडै एउटा बैठक गरेर सम्झौता गरिने भएको छ। राज्यको सत्तारूढ तृणमूल सरकारको एकमात्र विकल्प सरकार कङ्ग्रेस र वामफ्रन्टको संयुक्त सरकार हो भनी तिनले बताए। बेरोजगारी र दैनिक प्रयोजनीय सर-समानको मूल्य वृद्धिबाट साधारण मानिसहरूलाई केवल कङ्ग्रेस र वामफ्रन्टको संयुक्त सरकारले मात्र राहत दिनसक्ने तिनले दावी गरे। आगामी 6 फरवरीको दिन सिलगढीको बाघाजतीन पार्कमा प्रदेश कङ्ग्रेसको दार्जिलिङ जिल्ला कमिटीले एउटा विराट जनसभाको आयोजना गरिने भएको छ। उक्त जनसभामा प्रदेश कङ्ग्रेस सभापति अधीर रञ्जन चौधरी प्रमुख वक्ताको रूपमा उपस्थित हुने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *