राज्यमा कोरोना भाइरसले हालसम्म 3 जना सङ्क्रमित

कोलकाता : राज्यमा कोरोना भाइरसले सङ्क्रमण भएका मानिसहरूको सङ्ख्या हालसम्म 3 पुगेको पुष्टि भएको छ। उत्तर चौब्बीस परगनाको हावडा निवासी एकजना युवती कोरोना भाइरसले सङ्क्रमण भएको जाँच अवधि पुष्टि भएको छ। प्राप्त जानकारीअनुसार गत 16 मार्च स्कटल्यान्डबाट तिनी आफ्नो घर फर्किआएकी थिइन्। यसपछि उक्त युवती कोरोना भाइरसको आंशकामा डाक्टरकहाँ उपचारको लागि गएपछि तिनको रगत जाँच गरियो। हिजो राति 11 बजी तिनमा कोरोना भाइरसले सङ्क्रमण भएको रिपोर्टमा पुष्टि भएको बताइएको छ। हाल तिनको बेलेघाट आईडी अस्पतालमा उपचार चलिरहेको छ भने तिनी कस-कसको सम्पर्कमा आएको थियो भन्नेबारे खोजी भइरहेको छ। यसको साथै तिनका परिवारका सदस्यहरूलाई पनि कोरोना भाइरसको जाँच गरिने भएको छ भने हाल युवतीका अन्य परिवारका सदस्यहरूलाई क्वारेन्टाइनमा राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *