राज्यपाल दार्जिलिङबाट फर्किए, जीटीएमा भ्रष्टाचार भएको आरोप

दार्जिलिङ : राज्यका राज्यपाल जगदीप धनखड़ एक हप्ताको बसाइपछि आज दार्जिलिङबाट फर्किए। दार्जिलिङबाट प्रस्थान गर्न अघि राज्यपाल धनखड़ले पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीएमा व्यापक भ्रष्टाचार भएको कुरो बताए। सात दिनको बसाइमा विभिन्न राजनैतिक पार्टीका नेताहरू लगायत विभिन्न संघ-संगठनका प्रतिनिधिहरूसितको भेटवार्ता अवधि धेरैजसोले जीटिएमा भ्रष्टाचार भएको गुनासो पोखेको बारेमा पनि राज्यपालले अवगत गराए। तिनले जीटीएको भ्रष्टाचारबारे सही तथ्य निकाल्न सीएजी-द्वारा अडिट गराउने प्रतिबद्धता जाहेर गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *