राज्यपालद्वारा भारत-बङ्ग्लादेश सिमानाको निरीक्षण

सिलगढी : राज्यपाल डा. सीभी आनन्द बोसले आज सिलगढीमा फुलबारी भारत-बङ्ग्लादेश सिमानाको निरीक्षण गरे। तिनी आज बिहान कोलकाताबाट ट्रेनमार्फत् एनजेपी स्टेसनमा ओर्लिएपछि स्टेट गेस्ट हाउसमा गए। यसपछि बिहान 10 बजी तिनले फुलबारी सिमानाको परिभ्रमण गरे। सिमानामा बीएसएफ 176 नम्बर बटालियनका जवानहरूले गार्ड अफ अनरको माध्यमद्वारा राज्यपाललाई स्वागत जनाए। यसपछि राज्यपाले बीएसएफ-को कार्यालयको भ्रमण गर्नको साथै त्यहाँका अधिकारीहरूसित कुराकानी पनि गरेपछि सिमाना क्षेत्रको निरीक्षण गरे। पत्रकारहरूसित कुराकानी गर्दै राज्यपालले भने, बर्डर इलाकाको बीएसएफ-का जवानहरूले कस्तो प्रकारले कार्य गरिरहेको छ। तिनीहरूलाई कुनै प्रकारको असुविधा भएको छ अथवा छैन भन्ने विषयमा जानकारी लिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *