राज्यपाल जगदीप धनखड़लाई खरसाङमा देखाइयो कालो झण्डा

खरसाङ : पश्चिम बङ्गालका राज्यपाल जगदीप धनखड़ एक हप्ताको भ्रमणमा आज दार्जिलिङ गइरहेको समय खरसाङ बजारमा हिल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले देखाए कालो झण्डा। शान्त पहाडलाई अशान्त बनाउनको लागि भाजपाको पक्षमा तिनी दार्जिलिङ आएको प्रदर्शनकारीहरूको आरोप। स्मरण रहोस्, आज बाघडुग्रा विमान अड्डामा ओर्लिएपछि राज्यका राज्यपाल जगदीप धनखड़ कठोर सुरक्षा व्यवस्थाबीच सडक मार्ग हुँदै वाहनमा सवार भएर आज अपरान्ह दार्जिलिङ प्रस्थान गरेका छन्। तिनी लगभग एक हप्तासम्म दार्जिलिङमा नै बस्ने भएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *