राज्यपाल जगदीप धनखडले गरे मिरिकको भ्रमण

मिरिक : पश्चिम बङ्गालका राज्यपाल जगदीप धनखड आज मिरिक भ्रमणमा आइपुगेका छन्। सपरिवार मिरिक घुम्न आएका राज्यपाल जगदीप धनखडलाई मिरिक महकुमा डीएमडीसी मृदुल श्रीमनीले स्वागत जनाए। पारिवारिक टुरमा आएका राज्यपाल जगदीप धनखड आज दिउँसो बाह्र बजी मिरिक आइपुगेपछि यहाँको एउटा होटलमा आराम विश्राम गरे। यसपछि सोझै कठोर सुरक्षाबीच राज्यपाल धनखड लगायत परिवारले मिरिक सावित्री पुष्पोद्यान फुलबारी घुमफिर गरेपछि दुई बजी दार्जिलिङ राजभवन फर्किए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *