राज्यपाललाई भाजपाको प्रवक्ता झैँ भएर काम गरेकोमा तृणमूलले कालो झण्डा देखाएको हो: एलबी राई

मिरिक: पश्चिम बङ्गालका राज्यपाल जगदीप धनखडले भारतीय जनता पार्टीको प्रवक्ताले झै काम गरिरहेको आरोप लगाएर यसको आपत्ति जनाउँदै टीएमसी कार्यकर्ताहरुले नै दार्जिलिङ अनि खरसाङमा तिनलाई कालो झन्डा देखाएर राज्यपालको विरोध जनाएको हिल टीएमसी अध्यक्ष एलबी राईले दावी गरे। आज मिरिकमा पत्रकारहरुद्वारा सोधिएको प्रश्नको जवाब दिँदै तिनले गणतन्त्रमा कुनै पनि दलले गणतान्त्रिक ढंगमा विरोध जनाउन पाउने बताए। तिनले दार्जिलिङका विधायक निरज जिम्बाले राज्यपाललाई विरोध जनाउनेहरु भाडाको टट्टु हो भनी दिएको बयानको पनि तीव्र भर्त्सना जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *