राज्यपालले केन्द्र सरकारको एजेन्टको रूपमा काम गरिरहेको छ : गौतम देव

सिलगढी : राज्यपाल जगदीप धनखड़ एक महीनाको लागि दार्जिलिङ भ्रमणमा आएका छन्। तिनी हिजो ट्रेनमार्फत् कोलकातादेखि सिलगढी आइपुगेका छन्। सिलगढी आउनअघि तिनले मालदा र न्यु जलपाईगढी स्टेशनमा पत्रकार सम्मेलनलाई सम्बोधन गरे। दार्जिलिङ प्रस्थान गर्न अघि तिनले आज सिलगढीको स्टेट गेस्ट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राज्य सरकार र प्रशासनिक अधिकारीहरूको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गरे। तिनले राज्यको कानुन व्यवस्थाको स्थितिबारे प्रश्न चिन्ह खडा गरे। अर्कोतिर, राज्यपाल धनखडले दिएको बयानको राज्यका पर्यटन मन्त्री गौतम देवले असन्तुष्टि व्यक्त गर्दै क्षोभ प्रकट गरे। तिनले आज मैनाक टुरिस्ट लजमा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राज्यपाल सियालदहबाट सिलगढी आउने क्रममा ठाउँ-ठाउँमा विभिन्न विवरण दिँदै आएको बताए। केही समयमा सबैभन्दा धेरै पत्रकार सम्मेलनको आयोजना गरेर राज्यपालले गिनीज बुकमा आफ्नो नाम दर्ता गर्नेछन् भन्दै मन्त्री देवले कटाक्ष कसे। राज्यपाल धनखडले राजनीतिक पार्टीको क्याडरको रूपमा काम गरिरहेको आरोप लगाउँदै राज्यपाल पदबाट राजीनामा दिएर राजनीतिक पार्टीको कार्यकर्ताको रूपमा सडकमा ओर्लिनुपर्ने मन्त्री देवले बताए। राज्यपालले आफ्नो पदको संवैधानिक गरिमा भङ्ग गरिरहेको छ। यदि कुनै अभियोग छ भने तिनले दिल्लीमा जानकारी दिनसक्नेछन्। जगदीप धनखड़ले केन्द्र सरकारको एजेन्टको रूपमा काम गरिरहेको मन्त्री देवले गम्भीर आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusxjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetwoongrandpashabet girişjojobet güncel girişbetplaycratosroyalbetgrandpashabetholiganbetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebetteosbetbahiscasinogameofbetgrandpashabet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1wingrandpashabetgrandpashabetbetgitDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomgrandpashabetcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelergrandpashabet güncel giriş Built with ❤︎ by appycodes