राज्यपाललाई तृणमूल कार्यकर्ताले देखाए कालो झन्डा

सिलगढी : बंगालका राज्यपाल सीभी आनन्द बोसलाई आज सिलगढीमा तृणमूल कांग्रेसका कार्यकर्ता तथा समर्थकहरूले कालो झन्डा देखाएर गरे विरोध प्रदर्शन। सिलगढीस्थित सर्किट हाउसबाट वाहनमा सवार भएर दार्जिलिङ  प्रस्थान गरिरहेको समयमा नै राज्यपाललाई कालो झन्डा देखाएर तृणमूल कांग्रेसका कार्यकर्ता तथा समर्थकहरूले गरे विरोध प्रदर्शन। यसपछि घटनास्थलमा केही क्षण तनाउको माहौल देखा परे तापनि पुलिस प्रशासनले ती विक्षोभ प्रदर्शनकारी तृणमूल कांग्रेसका कार्यकर्ता तथा समर्थकहरूलाई त्यहाँबाट हटाए पछि राज्यपाल दार्जिलिङतर्फ प्रस्थान गरे। इस सम्बन्धमा दार्जिलिङ युवा तृणमूल कङ्ग्रेस  अध्यक्ष निर्णय रायले भने, तृणमूल नेता अभिषेक ब्यानर्जीले 100 दिनको बकाया राशि भुक्तानको मागलाई लिएर राज्यपालसित भेट गर्नको लागि 2 दिनदेखि राजभवन अघि धरनामा बसेका छन्। तर राज्यपाल भागिरहेको छ।  यसैले आज तृणमूलको तर्फबाट राज्यपाललाई कालो झन्डा देखाएको हो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *