राज्य पुलिसका डीजी मनोज मालवीय आइपुगे सिलगढी

सिलगढी : राज्य पुलिसका डीजी मनोज मालवीय आज कोलकाताबाट विमानमार्फत् बाघडुग्रा हवाईअड्डामा ओर्लिए। सिलगढी पुलिस आयुक्त कार्यालयद्वारा आयोजित फुटबल म्याचको समापन समारोहमा अंश ग्रहण गर्नको साथै कानुन व्यवस्थाको स्थितिबारे जानकारी लिनको लागि तिनी सिलगढी आइपुगेका हुन्। उत्तर बंगालका आईजी डीपी सिंह, सिलगढीका पुलिस आयुक्त गौरव शर्माले बाघडुग्रा हवाईअड्डामा डीजीलाई स्वागत जनाए। जीटीए चुनाउ र सिलगढी महकुमा परिषद चुनाउ सम्पन्न हुन अघि डीजी मनोज मालवीयको भ्रमणलाई महत्वपूर्ण मानिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *