राज्यसभा सांसद प्रकाश चिक बडाईकको फ्ल्याटमा बदमाशहरूद्वारा हमला, 3 जना पक्राउ

अलिपुरद्वार : अलिपुरद्वार नगरपालिकाको वार्ड नम्बर 4 इलाकास्थित एउटा गैर सरकारी आवासमा रहेको राज्यसभा सांसद प्रकाश चिक बडाईकको फ्ल्याटमा गत राति 3 जना बदमाशले हमला गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार गत राति बदमाशहरूले सर्वप्रथम फ्ल्याटको मुख्य गेटमा तैनाथ सुरक्षाकर्मीलाई कुटपीट गर्नको साथै तिनलाई घिसार्दै सांसदको फ्ल्याटअघि लगे। यसपछि चिच्याएको अवाज सुनेर सांसदको फ्ल्याटभित्र रहेका पार्टी कार्यकर्ता लगायत फ्ल्याटका अन्य मानिसहरू घटनास्थलमा पुगेर उक्त बदमाशहरूलाई पक्राउ गरेको बताइएको छ। घटनाको खबर पाएर अलिपुरद्वार थाना पुलिस घटनास्थलमा पुगेर ती 3 जना बदमाशलाई पक्राउ गर्नको साथै बदमाशहरूले प्रयोग गरेको एउटा बोलोरो कार पनि जफत गरेको छ। यसको साथै धारिलो हतियार पनि उद्धार गरेको बताइएको छ। उक्त घटनाले इलाकामा सनसनी मच्चियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *