राज्य सरकार विरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै भाजपाद्वारा विरोध प्रदर्शन

राजगञ्ज (निसं): राज्य सरकार विरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै भाजपाले आज राजगञ्जमा बीडीओ कार्यालय अघि विरोध प्रदर्शन गर्यो। रासनमा भ्रष्टाचार लगायत विविध आरोप लगाउँदै भाजपाद्वारा राज्यभरिमै विरोध प्रदर्शन गरिरहेको छ। यस क्रममा आज राजगञ्ज भाजपाले राजगञ्जमा बीडीओ कार्यालय अघि विरोध प्रदर्शन गर्यो। आज सयौँ भाजपा कार्यकर्ता तथा समर्थकहरूले फाटापुकुरबाट रैली निकालेर बीडीओ कार्यालय अघि पुगेपछि विरोध प्रदर्शन गरेको बताइएको छ। यस अवसरमा जलपाईगढीका सांसद जयन्त कुमार राय, राजगञ्ज ब्लक संयोजक दिलीप चौधरी, जिल्ला कमिटी सदस्य देवाशीष दे, सुशान्त राय, मिठु बर्मन तथा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *