राज्य सरकारविरुद्ध भ्रष्टाचारको अभियोग लगाउँदै सिलगढीमा भाजपा-द्वारा धरना

सिलगढी : राज्य सरकारविरुद्ध भ्रष्टाचारको अभियोग लगाउँदै भाजपा सिलगढी सांगठनिक जिल्ला कमिटीले आज सिलगढी महकुमाशासक कार्यालयअघि धरना प्रदर्शन गर्यो। भाजपा सिलगढी सांगठनिक जिल्ला कमिटीका सदस्यहरूले आज हातमा प्ला कार्ड बोकेर सिलगढी महकुमाशासक कार्यालय अघि विक्षोभ प्रदर्शन गरे। यसको साथै 9 सुत्रीय मागलाई लिएर महकुमाशासकलाई एउटा ज्ञापन पत्र पनि चढायो। आज धरना प्रदर्शनमा भाजपा सिलगढी सांगठनिक जिल्ला कमिटीका अध्यक्ष आनन्दमय बर्मन, सिलगढीका विधायक शङ्कर घोष, फाँसीदेवाका विधायक दुर्गा मुर्मू लगायत अन्य नेतृत्वहरू उपस्थित थिए। यस अवसरमा आनन्दमय बर्मनले भने, राज्य सरकारको भ्रष्टाचारविरुद्ध आफूहरूले आजदेखि राज्यभरिमै लगातार आन्दोलन गर्नेछ। भ्रष्टाचारमा संलग्न रहेकाहरूलाई चाँडै पक्राउ गरिनुपर्ने तिनले माग गरे। यी सबै मागहरूलाई लिएर आज भाजपाद्वारा विक्षोभ प्रदर्शन गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *