राज्य सरकारद्वारा आयोजित द्वारे सरकार शिविर

सुकेपोखरी: राज्यका मुख्यमन्त्री ममता बन्धोपाध्यायको अनुप्रयासमा राज्यका ग्रामीण जनसाधारणलाई पञ्चायत स्तरीय सरकारी सेवा तथा साहुलियत घर दैलोमा पुऱ्याउने उद्देश्य राखेर सुरु गरिएको “द्वारे सरकार” शिविर आज जोरबङगलो सुकेपोखरी खण्डको प्लुङदुङ ग्राम पञ्चायत अनि घूम खासमहल ग्राम पञ्चायतमा सम्पन्न भयो । प्लुङदुङ पञ्चायत अन्तर्गत रहेका स्थानीय मानिसहरूलाई लिएर पुलुङदुङ तरुण सङ्घ भवन अनि घूम भञ्ज्याङ सार्वजानिक भवनमा शिविर सम्पन्न गरियो। द्वारे सरकार शिविरमार्फत जनसाधारणलाई विभिन्न सेवा अनि जनजाति प्रमाणपत्र पनि वितरण गरियो। मानिसहरूले राज्य सरकारद्वारा प्रदान गरिने विभिन्न सरकारी योजनाहरूको धेरै लाभ उठाएको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *