राज्य सरकारद्वारा कालेबुङमा मर्नेका परिवारहरूलाई 2-2 लाख रुपियाँ सहयोग राशि प्रदान

कालेबुङ : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देश अनुसार गत आइतबार साँझ कालेबुङको मेला ग्राउण्डमा प्राण गुमाउने दुई परिवारका सदस्यहरूलाई आज 2-2 लाख रुपियाँ सहयोग राशि प्रदान गरियो। कालेबुङ जिल्ला शासक आर बिमलाले दुर्घटनामा मर्नेहरूका परिवारका सदस्यहरूलाई आज भेट गरेर उक्त  सहयोग राशि प्रदान गरिन्।


यसबाहेक आज राज्यका पर्यटन मन्त्री गौतम देव तथा जीटीए चेयरम्यान अनित थापाले पनि दुर्घटनामा प्राण गुमाउने परिवारका सदस्यहरूसित तिनीहरूको कालेबुङस्थित घरमा गएर भेट गरे। स्मरण रहोस्, कालेबुङको मेला ग्राउण्डमा गत आइतबार साँझमा आयोजित साङ्गीतिक कार्यक्रममा भएको दुर्घटनामा कालेबुङ चन्द्रलोक वार्निङ गोलाई निवासी 46 वर्षीय अनिता छेत्री र चन्द्रलोक निवासी 39 वर्षीय बनिता गुरूङको मृत्यु भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *