राज्य सरकारद्वारा शुरू गरेको आलु विक्रय केन्द्रको मिरिकमा उद्घाटन

मिरिक : मिरिकको कृष्णनगर र मिरिक बजारमा राज्य सरकारद्वारा प्रदत्त गुणस्तरीय आलु विक्रय केन्द्रको आजदेखि शुरु गरियो। आलु विक्रय केन्द्रको उद्घाटन मिरिक महकुमा शासक अश्विनी कुमार रोय अनि मिरिक नगर प्रशासक एलबी राईले विधिवत रूपमा गरे।


हाल आलुको बजार भाउ निक्कै बढेर गएपछि राज्य सरकारले कृषि विभाग अन्तर्गत मानिसहरूलाई 28 रुपियाँ प्रति केजीको दरले गुणस्तरीय आलु उपलब्ध गराउन विक्रय केन्द्र शुरू गरिएको बताइएको छ। मिरिक नगरपालिका अन्तर्गत दुईवटा सेल्फ हेल्प ग्रुपले कृष्णनगर र मिरिक बजारमा यसको विक्रय केन्द्रलाई सञ्चालन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *