राज्य सरकारको अनलाइन रम-रक्सी डिलेभरी व्यवस्था फिर्ता लिइने मागमा राजगञ्ज थानामा चढाइयो ज्ञापन

राजगञ्ज : अखिल भारतीय महिला सांस्कृतिक संगठनले राज्य सरकारको अनलाइन रम-रक्सी डिलेभरी व्यवस्था फिर्ता लिइने मागमा राजगञ्ज थानामा एउटा ज्ञापन पत्र चढायो। यसको साथै अखिल भारतीय महिला सांस्कृतिक संगठनको राजगञ्ज ब्लक कमिटीको तर्फबाट थाना अघि विक्षोभ प्रदर्शन गरियो। संस्थाको जिल्ला समिति सदस्य झरना रायले बताएअनुसार राज्य आबकारी विभागद्वारा अतिरिक्त राजस्व उठाउने नाममा डोर-टु-डोर रम-रक्सी डिलेभरी गर्ने उद्देश्य लिएर रम-रक्सीको ई-रिटेल शुरू गर्ने भएको छ। हाल हत्या, कुटपीट, डकैती, दुष्कर्म, नारी हिंसा, अपराधमूलक घटना बढ्दै गइरहेको छ भने रम-रक्सीको सेवनले गर्दा धेरैजसो परिवारमा झै-झगडा हुने गर्दछ। रम-रक्सीको अनलाइन डिलेभरी व्यवस्था शुरू भएपछि छात्र तथा युवा समाजमा नैतिक पतन बढ्नेछ। आउँदो युवा पिँढीलाई हर क्षेत्रमा नष्ट गर्ने षड्यन्त्र चलिरहेकोले गर्दा अनलाइन रम-रक्सी डिलेभरी व्यवस्था फिर्ता लिइने मागमा राजगञ्ज ब्लक कमिटीको तर्फबाट थानामा ज्ञापन पत्र चढाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *