राज्य सरकारको योजनाहरूबाट वञ्चितहरूले महकुमा शासक कार्यालयमा सम्पर्क गर्न सक्ने: अनाबिल दत्त

मिरिक : मिरिक महकुमा शासक अनाबिल दत्तले आज राज्य सरकारद्वारा प्रदत्त योजनाहरूबाट यदि लाभ प्राप्त गर्न सकेका छैनन् भने तिनीहरूको निम्ति खण्ड बिकास कार्यालय अनि महकुमा कार्यालय तथा पञ्चायत विभागको ढोका खुल्ला रहेको मिरिकवासीलाई बताए। आज महकुमा कार्यालयमा मिरिक प्रेस क्लबका पत्रकारहरूसितको परिचय आदन-प्रदानको क्रममा महकुमा अधिकारी अनाबिल दत्तले राज्य सरकारले शुरू गरेको द्वारे सरकार अभियानले मानिसहरूलाई ठूलो लाभ पुऱ्याएको बताउँदै यदि कसैको काम छोडिएको छ,काम भइरहेको छैन भने सिधै महकुमा कार्यालयमा सम्पर्क गर्न सक्ने बताए । तिनले अझ भने, राज्यको विधानसभा चुनाउ आइरहेको छ । चुनाउ आयोगले जारी गरेको नयाँ सर्कुलेशन अनुसार 80 वर्ष नाघेका वृद्ध-वृद्धा अनि शारीरिक रुपले असक्षम मानिसहरू अब बुथमा जान नपर्ने बताए। चुनाउको घोषणा भएपछि हाम्रा चुनाउ कर्मचारीहरू चुनाउ आयोगको निर्देशन अनुसार फारम बोकेर गाउँ पुग्ने अनि पोस्टल भोटको व्यवस्था गरिने बताए। चुनाउ आयोगले हिड्न नसक्ने वृद्ध वृद्धा तथा शरीरिकरुपले अक्षम मानिसहरूलाई पोस्टल भोटको व्यवस्था गरेको जानकारी दिँदै शान्ति बनाइ राख्ने अपिल गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *