राज्य सरकारले आर्थिक सहयोग नगरेको बारे नगरनिगम बोर्डले श्वेत पत्र जारी गर्नुपर्ने तृणमूलको माग

सिलगढी : सिलगढी नगरनिगमले राज्य सरकारको तर्फबाट हालसम्म कति आर्थिक सहयोग पाएको छ भन्ने विषयमा नगरनिगम बोर्डले एउटा श्वेत पत्र जारी गर्नुपर्ने तृणमूल दार्जिलिङ जिल्ला सभापति रञ्जन सरकारले माग गरेका छन्। सिलगढी नगरनिगमको सत्तामा वाम सहयोगी दल आएपछि नै राज्य सरकारले आर्थिक सहयोग बन्द गरेको प्रशासक अशोक भट्टाचार्यले आरोप लगाउँदै आइरहेको तिनले बताए। अर्कोतिर, प्रशासक भट्टाचार्यले लगाएको आरोप झुटो रहेको नगरनिगमका विपक्षी नेता रञ्जन सरकारले बताए। राज्य सरकारले आफ्नो 10 वर्षको अवधि गरेको विविध विकासमूलक कार्यको रिपोर्ट कार्ड लिएर घर-घरमा पुगेर मानिसहरूलाई अवगत गराइरहेको छ। यस्तो परिस्थितिमा सिलगढी नगरनिगमले श्वेत पत्रको माध्यमद्वारा आर्थिक रूपमा वञ्चित गरेको निराधार आरोपहरू प्रकाशित गरोस् भन्ने तिनले प्रशासक भट्टाचार्यलाई चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *