राज्य सरकारले आर्थिक सहयोग नपुर्‍याएको अशोक भट्टाचार्यको आरोप

सिलगढी : कोरोना महामारीको समयमा राज्य सरकारले आर्थिक सहयोग नपुर्‍याएको सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्यले आरोप लगाएका छन्। तिनले राज्य सरकारसँग चाँडै आर्थिक प्याकेज उपलब्ध गराउने माग गरेका छन्। हाल सिलगढीमा कोरोना संक्रमणको सङ्ख्या बढिरहेकोले गर्दा यहाँको कोभिड अस्पतालमा रोगीहरूलाई राख्नको लागि निक्कै असुविधा भइरहेको छ। यसैले सिलगढी नगरनिगम स्वास्थ्य विभागको साथमा लडाईँमा सामेल भएको तिनले बातए। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तिनले सिलगढीको इन्डोर स्टेडियममा सेफ होम बनाउने जिल्ला प्रशासनले अनुमति दिएको साथै जोडतोडको साथमा यसको निर्माण कार्य चलिरहेको बताए। तर हाल यसको सबै खर्च सिलगढी नगरनिगमले बेह्रोनु परेकोले गर्दा सिलगढी नगरनिगम असमर्थ रहेको तिनले बताए। यसको साथै कोरोना महामारीको समयमा स्वास्थ्य सेवा प्रदान गरिरहेका 2 हजार कर्मीहरूको बढेको भत्ता समेत नगरनिगमले प्रदान गरेको तिनले बताए। कोरोना महामारीको समयमा नगरनिगमको आय कम्ती भएकोले गर्दा हाल विभिन्न समस्याहरूको सामना गर्न परिरहेको छ। यस्तो परिस्थितिमा राज्य सरकारलाई बरम्बार आवेदन गरे तापनि आर्थिक सहयोग नपुर्‍याएको प्रशासक अशोक भट्टाचार्यले आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *