रक्षा बन्धनको पर्वमा कोरोनाको प्रभाव

सिलगढी : दाजु-बहिनी, दिदी-भाई माझको स्नेहको पर्व मानिने रक्षा बन्धनमा पनि कोरोना महामारीको ठुलो प्रभाव परेको छ। यस वर्ष 3 अगस्तको दिन रक्षाबन्धन पर्व मनाइनेछ। रक्षाबन्धन पर्व आउन अब केवल दुई दिन मात्र बाँकी रहेको छ। कोरोना महामारीको कारण यस वर्ष सिलगढीको दोकानहरूमा धेरै कम्ती संख्यामा राखीहरू बिक्री गर्नको लागि राखिएको छ। प्रत्येक वर्ष दाजु-बहिनी, दिदी-भाईहरू रक्षा बन्धन पर्वको पर्खाइमा जसरी रहने गर्दछन्, त्यसरी नै व्यवसायीहरू पनि रक्षा बन्धन पर्वलाई लिएर निक्कै उत्साहित रहने गरे तापनि कोरोना संक्रमणले गर्दा यस वर्षको परिस्थिति भने भिन्नै रहेको देखिन्छ। एकजना व्यवसायीको भनाइअनुसार विभिन्न प्रकारको राखी रहे तापनि कोरोना महामारीको परिस्थितिलाई ध्यानमा राखेर व्यवसायीहरूले आफ्नो दोकान कम्ती संख्यामा राखीहरू बिक्री गर्नको लागि राखेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *