रक्षा बन्धनको दिन को-अर्डिनेटर निखिल साहनीद्वारा मानिसहरूलाई कोरोनाबारे सचेतना

सिलगढी : रक्षा बन्धन उत्सवको अवसरमा आज सिलगढी नगरनिगमको 18 नम्बर वार्डका को-अर्डिनेटर निखिल साहनीले मानिसहरूलाई कोरोनाको संक्रमणबारे सचेतना गराए। आज देशभरि मै रक्षा बन्धन पर्व पालन भइरहेको छ भने यता सिलगढीमा पनि रक्षा बन्धन उत्सवमा विभिन्न सरकारी-गैरसरकारी एवम् राजनैतिक संगठनका सदस्यहरूले रक्षा बन्धनको अवसरमा विभिन्न सचेतना एवम् जागरूक कार्यक्रमहरूको आयोजना गरिरहेको छ। निखिल साहनीले देशभरिमै बढ्दो कोरोना संक्रमणबारे चिन्ता व्यक्त गर्दै साधारण मानिसहरूलाई कोरोना भाइरसबाट कसरी बाँच्न सकिन्छ भन्नेबारे सचेतना गराए। रक्षा बन्धनको डोरी लगाइदिनको साथै तिनले मानिसहरूलाई माक्स अनि सेनिटाइजर पनि वितरण गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *