रक्षा बन्धन पर्वको उपलक्ष्यमा रक्तदान शिविरको आयोजना

खोरीबारी : रक्षा बन्धन पर्वको उपलक्ष्यमा आज बतासी शारदा शिशुतीर्थ स्कुलमा रक्तदान शिविरको आयोजना गरियो। खोरीबारी ब्लकको बतासी शारदा शिशुतीर्थ विद्यालयमा आज सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा स्कुलका शिक्षक, अभिभावक तथा स्थानीय मानिसहरूले रक्तदान गरे। स्कुलका शिक्षक बिमल कुमार सिन्हाले बताएअनुसार मुख्यतः रगतको कमी दूर गर्ने उद्देश्य लिएर आज रक्षा बन्धनको अवसरमा उक्त रक्तदान शिविरको आयोजना गरेको हो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.