राकेश लामा र गायिका डोल्मा तामाङको साङ्गीतिक एल्बम ‘जीवनको गाड़ी’-को लोकार्पण

खरसाङ: खरसाङको तीनधारेस्थित महात्मा गाँधी हलमा गायक राकेश लामा र गायिका डोल्मा तामाङको साङ्गीतिक एल्बम जीवनको गाड़ी-को आज लोकार्पण गरियो। कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ संगीत संयोजक मित्र लामाको बाहुलीबाट उक्त साङ्गीतिक एल्बमको लोकार्पण गरियो भने तिनीसितै सभाध्यक्ष साहित्य कला संस्थान तीनधारेका सभापति रञ्जन कुमार रसाईली, सचिव सन्तोष लामा र गायक राकेश लामा अनि गायिका डोल्मा तामाङ पनि उभिएका थिए। गीतकार सुकुमार बराईलीद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण साहित्य कला संस्थानका मूल सचिव सन्तोष लामाले राखे। कार्यक्रममा गायक राकेश लामा र गायिका डोल्मा तामाङको परिचय सुप्रेम छेत्रीले राखेका थिए। ऋषिका लामाको गीत प्रस्तुतिबाट सुरु गरिएको कार्यक्रममा सङ्गीतकार एवम् संयोजक रुपेस रसाईलीले आफ्नो वक्तव्य राख्दै स्मृति चिन्ह प्रदान गरेर गायक राकेश लामालाई सम्मान जनाए। राकेश लामा र डोल्मा तामाङको साङ्गीतिक एल्बम विषयमा समीक्षात्मक टिप्पणी गीतकार विपिन स्याङ्देनले राखेका थिए। गायक राकेश लामाले योभन्दा अघि तरंगअनि मुक्तिनेपाली सङ्गीत जगतमा दिइसकेका छन्। कार्यक्रममा विशिष्ठ अतिथिको रूपमा वरिष्ठ सङ्गीतकार चन्दन लम्जेल, गायिका डेजी बराईली, सोनु राई, फनिन्द्र राई, उत्तम मणि बम्जन, विपिन स्याङ्देन लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *