राकेश मल्लिक मेमोरियल डे-नाइट क्रिकेट टुर्नामेन्टको आयोजना

सिलगढी : युवाहरूको खेलकूदप्रति उत्सुकता बढ़ाउने तथा युवा समाजलाई नशामुक्त बनाउने उद्देश्य लिएर आज सिलगढीको 47 नम्बर वार्डमा मोडर्न बोइज क्लबको तर्फबाट राकेश मल्लिक मेमोरियल डे-नाइट क्रिकेट टुर्नामेन्टको आयोजना गरियो। यस टुर्नामेन्टमा मोठ 16 वटा टोलीले अंश ग्रहण गरेका छन् भने टुर्नामेन्टमा मोठ 15 वटा म्याच खेलाइनेछ। यस टुर्नामेन्टमा विजेता टोलीलाई नगद 30 हजार रुपियाँसहित ट्रफी अनि उप विजेता टोलीलाई नगद 20 हजार रुपियाँ सहित ट्रफी प्रदान गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *