रक्तदान शिविर

मिरिक: रेड क्रस सोसाइटी मिरिक महकुमाले यहाँको युवा युथ होस्टलको प्रेक्षागृहमा रक्तदान शिविरको आयोजन गऱ्यो। शिविरमा 30 भन्दा अधिक युनिट रक्त सङ्ग्रह गरियो । रेड क्रस सोसाइटी सदस्य एसबी गजमेरले सञ्चालन गरेको रक्तदान शिविरमा सचिव विमल लेप्चा, संस्थापक एलबी देवान अनि सम्पूर्ण सदस्यहरूको उपस्थितिमा रक्तदान शिविर सम्पन्न गरियो। रेड क्रस सोसाइटीको ब्लड ब्याङ्क अनि सम्बन्धित प्राविधिकहरूको सहयोगमा उक्त रक्तदान शिविर सफलतापूर्वक सम्पन्न गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *