रक्तदान शिविरसँगै नि:शुल्क स्वास्थ्य जाँच शिविर पोख्रेबुङमा

पोख्रेबुङ: गोर्खा गरिमामय समाज, पोख्रेबुङको आयोजनामा गोर्खा च्यारिटेबल हस्पिटल, हिमालयन वेल्फेयर अर्गनाइजेसन, रोटेरी ब्लड ब्याङ्क सिलगढ़ी, ग्रेटर लायन्स, एड्भान्स ईएनटी केयर सिलगढ़ीको संयुक्त तत्वावधानमा ब्लड डोनेसन, आँखा, कान जाँच, रक्त वर्गीकरण, सुगर टेस्ट आदि नि:शुल्क रूपमा सम्पन्न गरियो। शिविरमा मोठ 54 जनाले रक्तदान गरे, जसमा 16 जना महिलाहरू सामेल थिए। यसैगरी, 47 जनाले रक्त वर्गीकरण, 59 जनाले सुगर जाँच, 39 जनाले कान जाँच गराए अनि 127 जनाले आँखा जाँच गराए।


जाँच अवधि 27 जनाको आँखामा मोतीबिन्दु फेला परेकोले तिनीहरूलाई सिलगढी ग्रेटर लायन्स क्लबमा बोलाएर नि:शुल्क अप्रेसन गरिने बताइएको छ। शिविरमा गोर्खा च्यारिटेबल हस्पिटल तथा हिमालयन वेल्फेयर अर्गनाइजेसनबाट सुरेन प्रधान, श्रीमती नुरुपा गुरुङ, देवीलाल प्रधान, रमने लामा आदि प्रमुख रूपले उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *