र्‍यालीको माध्यमद्वारा चुनाउ प्रचार गरे तृणमूल प्रार्थी रञ्जन सरकारले

सिलगढी : चुनाउ मिति नजिकिदै गएकोले सबै राजनीतिक पार्टीका प्रार्थीहरूले जोडतोडले चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा सिलगढी नगरनिगमको 15 नम्बर वार्डका तृणमूल प्रार्थी रञ्जन सरकारले पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा आज बिहान उक्त वार्डको दुध मोडदेखि एउटा र्‍याली निकाले। उक्त र्‍यालीको माध्यमद्वारा तिनले वार्डको विभिन्न इलाकाको परिभ्रमण गर्नको साथै वार्डका मानिसहरू कुराकानी गर्दै आफ्नो पक्षमा मतदान गर्ने अपील पनि गरे। यस अवधि तिनले भने, मानिसहरूबाट राम्रो प्रतिक्रिया पाएकोले यसपल्ट तृणमूल पार्टीले सिलगढी नगरनिगम बोर्ड गठन गर्ने दावी पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *