र्‍यालीमा अंश ग्रहण गर्न सिलगढी आइपुगिन् ममता ब्यानर्जी

सिलगढी : सीएए अनि एनआरसी-को विरोधमा भोलि शुक्रबार सिलगढीमा सम्पन्न हुने तृणमूल कांग्रेसको र्‍याली तथा जनसभामा अंश ग्रहण गर्न तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जी बिहिबार साँझ विमानमार्फत् बाघडुग्रा आइपुगिन्। यसपछि कठोर सुरक्षा व्यवस्थाबीच वाहनमा चढेर तिनी सिलगढीको उत्तरकन्या प्रस्थान गरिन्। मुख्यमन्त्रीको आगमनलाई लिएर सिलगढी सहरलगायत संलग्न क्षेत्रहरू तथा सडकको दुवै किनारमा ठुल्ठुला होडिङ, ब्यानर्स तथा तृणमूलको झण्डाहरू धेरै मात्रा लगाइएको छ। पार्टी सूत्रले दिएको जानकारीअनुसार मुख्यमन्त्रीको स्वागतको लागि 25 हजारभन्दा अधिक पार्टीको झण्डा तथा एक हजारभन्दा अधिक ठुल्ठुला ब्यानरहरू ठाउँ-ठाउँमा लगाइएको छ। भोलि सिलगढीको मल्लागढीबाट शुरू गरिने र्‍यालीभन्दा अगावै तृणमूल नेत्री ममता ब्यानर्जीले एउटा सभालाई पनि सम्बोधन गर्ने भएकी छन्।


उक्त र्‍याली तथा जनसभालाई सफल पार्नको निम्ति स्थानीय तृणमूलका नेताहरूलगायत विभिन्न विभागीय मन्त्रीहरू समेत सिलगढी आइपुगिसकेका छन्। मुख्यमन्त्रीको जनसभा स्थलको समेत तिनीहरूले आज दिउँसो निरीक्षण गरे। यसबाहेक उक्त र्‍याली तथा जनसभामा उत्तरबंगालका विभिन्न जिल्लाहरूलगायत पहाडबाट पनि धेरै संख्यामा तृणमूल समर्थकहरू भेला हुने पार्टी सूत्रले जनाएको छ। अर्कोतिर, हिल तृणमूलले दावी गरेअनुसार भोलि हुने र्‍याली तथा जनसभामा पहाडका दुई जिल्ला दार्जिलिङ र कालेबुङको विभिन्न ठाउँहरूबाट पनि धेरै संख्यामा तृणमूल तथा गोजमुमो विनय खेमाका समर्थकहरू उपस्थित हुनेछन्। उक्त र्‍याली तथा जनसभा अनि मुख्यमन्त्रीको आगमनलाई लिएर सिलगढी सहरलगायत छेउछाउका ठाउँहरूमा पुलिसले कठोर सुरक्षा व्यवस्था अप्नाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişJOJO BETgrandpashabetbahsegel girişcasino sitelericasibomcasibom girişcasibom giriscasibomonwingrandpashabet girişholiganbetjojobet girişbets10 günceljojobet girişonwin giriş