राम भोला सरकारको मूर्ति लोकार्पण

कुचबिहार: कुचबिहार रामभोला उच्च विद्यालयको जन्मदाता राम भोला सरकारको मूर्ति आज एउटा कार्यक्रमबीच लोकार्पण गरियो। उक्त कार्यक्रममा कुचबिहार जिल्ला प्राथमिक विद्यालय संसदका चेयरम्यान कल्याणी पोद्दार, विद्यालयका प्रधान अध्यापक तपन कुमार दास, विद्यालयका भूतपूर्व शिक्षक तथा समाजसेवी शिवाशीष मजूमदार लगायत रामभोला सरकारको परिवारका सदस्यहरू पनि प्रमुख रूपमा उपस्थित थिए। स्कूलका भूतपूर्व शिक्षक शिवाशीष मजूमदारले प्रदान गरेको 60 हजार रुपियाँको लागतमा उक्त मूर्ति तयार गरिएको बताइएको छ। शिक्षाविद् रामभोला सरकारद्वारा उक्त विद्यालय निर्माण गर्नको लागि त्यस समय 20 हजार हजार रुपियाँको अनुदान दिएका थिए। उक्त स्कूलको स्थापना 1941-मा गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *