रम्बी बिचकमानको 68 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

मङ्पु (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नीति अनि कार्यप्रणाली साथै अनित थापाको भिजनलाई आत्मसात गर्दै आज मङ्पुको रम्बी बिचकमानको 68 परिवारले पार्टीलाई समर्थन जनायो। हस्त राईको अध्यक्षतामा सम्पन्न समर्थन सभामा उपस्थित मङ्पु लाब्दा समष्टि कार्यकारी सभासद रतन कुमार थापा लगायत पार्टीका नेतृत्वहरूले आफ्नो पार्टीमा स्वागत जनाउँदै तिनीहरूलाई पार्टीको झन्डा प्रदान गरे।


आजको सभामा बिशेष गरेर कार्यकारी सभासद रतन कुमार थापा लगायत पीआरओ बिज्ञान मिश्र, दार्जिलिङ महकुमा समष्टि संयोजक राम पोख्रेल, सभापति गगन राई, सचिव अनिल छेत्री, युवा शक्ति सभापति दिब्य प्रकाश बम्जन, सचिव सरद थापा, नारी शक्ति सभापति बबि शेर्पा, सचिव सुष्मा राई, सीपीएलयू मङ्पु जोनल समिति सभापति सुजित तामाङ, सचिव सुजम छेत्री, बोर्ड मेम्बर सुदेश थापा, एडवर्ड सेर्जोङ लेप्चा, रतन लामा, समष्टि मिडिया प्रभारी बिदेन प्रधान, सन्दिप दियाली साथै बुथ अनि शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आजको सभालाई बीरबल राई, सीपीएलयू मङ्पु जोनल समिति सभापति सुजित तामाङ, मङ्पु लाब्दा समष्टि युवा शक्ति प्रवक्ता बिभोर सिंग्दन, खरसाङ महकुमा समिति युवा शक्ति मूल सचिव बिज्ञान मिश्र, कार्यकारी सभासद रतन कुमार थापा आदिले सभालाई सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *