रम्बी छेउ 27 माइलमा एसएनटी बस र ट्रक ठोक्किँदा 3 जना घाइते

रम्बी : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने रम्बी नजिक 27 माइलमा भर्खरै केही समय अघि  सिक्किमको एसएनटी बससित मालवाहक ट्रक ठोक्किँदा 3 जना यात्रीहरू गम्भीर रूपमा घाइते भएको जानकारी प्राप्त भएको छ। उक्त घटनामा घाइते भएका यात्रीहरूलाई तत्कालै नजिकैको रम्बी स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारको निम्ति लगिएको बताइएको छ। उक्त दुर्घटना रियाङ पुलिस पोस्ट अन्तर्गत 27 माइलमा भएको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *