रामकृष्ण मिशन जमिन दखल मामिला: केजीएफ ग्रुपको मास्टर माइन्ड आलोक दास पक्राउ

सिलगढी (निसं): सिलगढी रामकृष्ण मिशनको सम्पत्तिमा दखल गर्ने भू-माफियाहरू केजीएफ ग्रुपको मास्टर माइन्डलाई पक्राउ गर्न पुलिस सफल भएको छ। गत राति एसओजी अनि भक्ति नगर थाना पुलिसले खोलाचन्द फापरी इलाकाबाट मास्टर माइन्ड आलोक दास उर्फ छोटुलाई पक्राउ गरेको छ। पुलिसले आज तिनलाई जलपाईगढी अदालतमा पेश गऱ्यो।  

स्मरण रहोस, सालुगाढास्थित रामकृष्ण मिशनको जमिनमा गत 19 मईको दिन भू-माफियाहरूले दखल गर्ने कोशिश गरेका थिए। उक्त घटना निक्कै चर्चामा आउनको साथै यसलाई मुद्दा बनाएर विरोधी पार्टीहरूले राज्य सरकार अनि कानून व्यवस्था माथि प्रश्न तेर्साएका थिए। उक्त मामिलाले निक्कै तुल पक्रिएपछि सिलगढी भक्ति नगर थाना पुलिसले घटनाको चार दिनपछि केजीएफ ग्रुपका 5 जना सदस्यलाई पक्राउ गरेको थियो। यसपछि ती सबै आरोपीलाई 5 दिनको हिरासतमा लिएर सोधखोज गरेपछि ग्रूपका दुई सदस्य शिवा पासवान र मनोज घोषलाई अनि त्यसपछि फेरि आठौ सदस्य एमडी ईरशादलाई पुलिसले पक्राउ गरेको थियो। गत राति केजीएफ ग्रुपको मास्टर माइन्डलाई पनि पक्राउ गर्न पुलिस सफल भएको छ। उक्त रामकृष्ण मिशनको सेवक हाउस जमीन दखल मामिलामा पुलिसले हालसम्म केजीएफ ग्रुपको 9 जनालाई पक्राउ गरिसकेको छ।

पुलिस सूत्रले दिएको जानकारी अनुसार मास्टर माइन्ड आलोक दास उर्फ छोटु पहिला रिकभरी एजेन्टको रूपमा काम गर्थे। पछि तिनले केही युवकहरूलाई साथमा लिएर केजीएफ ग्रुप बनाएका थिए। यसपछि सेभोक रोड इलाकामा आफ्नो दबदबा बनाउनको लागि उक्त ग्रूपले उत्पात मचाउन शुरू गरेको जान्नमा आएको छ। पुलिसले जमिन दखल मामिलामा उक्त ग्रूपको 9 जना सदस्यलाई हालसम्म पक्रिसकेको छ। तथापि, मुख्य आरोपी प्रदीप राय अझसम्म पुलिसको हातमा पर्न सकेको छैन। पुलिसले तिनलाई पक्रिनको लागि दार्जीलिङ, कालेबुङ, सिक्किम लगायत अन्य विभिन्न ठाउँहरूमा लगातार खोजी गरिरहेको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulabetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowonmatadorbetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet Built with ❤︎ by appycodes