राम मन्दिर उद्घाटनको अवसरमा अम्बारीमा ‘अक्षता कलश’ यात्राको आयोजना

राजगञ्ज : राम मन्दिरको उद्घाटनको अवसरमा अयोध्याबाट ल्याइएको अक्षता कलशको साथमा आज अमबारीमा कलश यात्रा निकालिइयो। राजगञ्ज ब्लकको आमबारीमा सनातन संस्कृति अभियान समितिको बिन्नागढी मण्डलको तर्फबाट आज उक्त कलश यात्रा निकालिइएको हो। उक्त अक्षत कलश यात्रा आज आमबारी तारघेरा मैदानबाट शुरू गरेर लगभग 5 किलोमिटरसम्म परिक्रमा गरेपछि साहुडाङ्गीमा पुगेर समापन गरियो। प्राप्त जानकारी अनुसार आगामी 22 जनवरीको दिन अयोध्यामा राम मन्दिरको उद्घाटन गरिने भएको छ। उद्घाटन कार्यक्रममा साधारण मानिसहरूलाई आमन्त्रण गर्नको लागि श्री राम जन्मभूमि तीर्थ ट्रस्ट समितिको तर्फबाट पहेँलो अक्षता पठाएर निमन्त्रण अभियान चलाइरहेको छ। यसै क्रममा आमबारीमा आज अक्षता कलश यात्राको आयोजना गरियो। उक्त कलश यात्रामा सयौँको संख्यामा मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *