राम मन्दिरको लागि उत्तरबंगाल र सिक्किमबाट जल, माटो लिएर 2 सन्त अयोध्या प्रस्थान

सिलगढी : विश्व हिन्दू परिषदको सिलगढी शाखाको तर्फबाट राम मन्दिर निर्माणको लागि सिलगढीबाट जल र माटो लिएर आज दुईजना सन्त अयोध्या प्रस्थान गरे। सिलगढीको महानन्दा र तीस्ता नदीको पानी तथा गुलमा शिव मन्दिर, जङ्गली बाबा मन्दिरप्रणामी मन्दिरको माटो पनि संग्रह गरेर पुजा अर्चनापछि विश्व हिन्दू परिषदका दुईजना सन्त अयोध्या आज प्रस्थान गरे। विश्व हिन्दू परिषदका जिल्ला सचिव लक्ष्मण बन्सलले बताएअनुसार आगामी 5 अगस्तमा प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिर निर्माणको भूमि पूजन गर्ने भएका छन्। राम मन्दिर निर्माणमा सिलगढी, उत्तर बंगाल लगायत सिक्किमबाट पनि पूजनीय मठ, महापुरुषको जन्म स्थल, नदी, मन्दिरको माटो र पानी संग्रह गरेर अयोध्या पठाइएको छ। यसको साथै आगामी 5 अगस्तको दिन समस्त देशवासीहरूले आ-आफ्नो घरमा दीप प्रज्ज्वलन र पुजा अर्चना गर्ने तिनले अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *